भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
निगमले अल्पकालिन रुपमा पेट्रोलियम अभाव हटाउन एयरलिफ्ट गरेर तेल ल्याउने निर्णय गरे अनुसार तेल ल्याउन रसियन जहाजले प्रस्ताव गरिसकेको स्रोतले बतायो। ‘एयरलिफ्ट गरेर तेल ल्याउन रसियन जहाजले प्रस्ताव गरेको छ। यो जहाजले घन्टाको २५ हजार डलर प्रस्ताव गरेको छ,’ निगम उच्च स्रोतले भन्यो। उनले यही एयरलाइन्समार्फत नै नेपालमा इन्धन ल्याउने करिब पक्का भएको छ।
निगमको बिहीबार बस्ने सञ्चालक समिति बैठकले रसियन जहाजबाट तेल ल्याउने निर्णय गर्नेछ। ‘अहिलेसम्म त्यही कम्पनीको मात्रै जहाजको प्रस्ताव आएको छ। बुधवार बैठक बस्ने भनिएपनि सकिएन,’ उच्च श्रोत भन्छ ‘बिहीबार बस्ने बैठकले निर्णय गर्नेछ।’ निगमले अल्पकालिन रुपमा तेल ल्याउने निर्णय गरेपछि रसियन एयरलायन्सले प्रस्ताव गरेको थियो।
स्रोतका अनुसार एयरलिफ्टमार्फत भारतबाटै तेल ल्याइनेछ। नेपालका लागि भारतीय राजदूत रणजित रायले समेत एयरलिफ्टमार्फत तेल ल्याउन सुझाव दिएका थिए। एयरलिफ्टमार्फत तेल ल्याउँदा निगमले इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट नल्याउने निर्णय गरेको छ।
‘एयरलिफ्ट गर्दा आइओसीबाट तेल नकिन्ने निर्णय भएको छ। हामीले अन्य कम्पनीबाट तेल किन्नेछौ,’ स्रोतले भन्यो, ‘सडक मार्गमार्फत तेल नदिएकोले अन्य कम्पनीबाट ल्याउने निर्णय गरेका हौ।’
बंगलादेशबाट किन नल्याउने?
भारतले पेट्रोलियम पदार्थ नदिएपछि सरकारले बंगलादेशबाट एयरलिफ्ट गरेर तेल ल्याउने तयारी गरेको थियो। एयरलिफ्ट गरेर तेल ल्याउने निर्णयको सूचना चुहिने बित्तिकै भारतले बंगलादेशलाई तेल ल्याउन नदिन दबाब दिएको स्रोतले बतायो।
‘बंगलादेशबाट तेल ल्याउने सबै तयारी गरेका थियौं। बंगलादेशलाई सामान्य जानकारी पनि गराएका थियौं,’ स्रोतले भन्यो, ‘यो तयारीको जानकारी गराउने बित्तिकै भारतले बंगलादेशलाई तेल नदिन दबाब दिएको थियो।’
सुरुवातमा अत्यन्तै सकारात्मक देखिएको बंगलादेशले केही समयपछिनै बोली फेर्दै तेल नदिने जानकारी नेपाली पक्षलाई दिएको थियो।
ग्लोबल टेन्डर आह्वान
आइओसीले माग अनुसार तेल नदिएपछि आयल निगमले जुनसुकै मुलुकबाट इन्धन ल्याउनसक्ने गरी ग्लोबल टेन्डर गरेको छ। निगमले सार्वजनिक सूचना जारी गरेर तेल ल्याउन स्वदेशी र विदेशी कम्पनीलाई आह्वान गरेको हो। सूचनामा आफूले भने बमोजिमको गुणस्तरको इन्धनको दररेटको प्रस्ताव निगमले मागेको हो।
निगमले स्थल र हवाइमार्ग दुबैको दररेट तीन दिनभित्र पेश गर्न आग्रह गरेको छ। निगमले १५ दिनका लागि डिजल दुई सय किलोलिटर, पेट्रोल एक सय किलोलिटर, हवाइ इन्धन २ सय किलोलिटर र मट्टितेल एक सय मेट्रिक टन ल्याउन प्रस्ताव गरेको हो।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment