भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

 नयाँ प्रधानमन्त्रीका लागि आईतबार व्यवस्थापिका संसदमा भएको मतदान प्रक्रियाबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बहुमतकोसाथ प्रधानमन्त्री घोषित भएका छन् ।

अध्यक्ष अ‍ोलीको पक्षमा ३३८ मत खसेको  छ भने प्रतिद्वन्द्वीको रुपमा रहेका नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको पक्षमा २४९ मत खसेको छ । यो परिणामसँगै एमाले अध्यक्ष ओली ८९ मत बढि ल्याएर नेपालको ३८ औँ प्रधानमन्त्री बन्न सफल भएका छन् ।

अ‍ोलीलाई एमाओवादी, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम ९लोकतान्त्रिक०लगायत अधिकांश साना दलहरुको समर्थन रहेको थियो ।

अठार महिनासम्म आफूलाई साथ दिदै आएको एमालेको उम्मेदवारीलाई नसघाउने निर्णयसहित अन्तिम क्षणमा कांग्रेसले कोइरालालाई उम्मेदवार बनाएको थियो।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top