भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

काठमाडौं : तीन दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको छ।

एघार बजे सुरु भएको बैठकमा बैठकमा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लगायत तीन दलका वरिष्ठ नेताहरु सहभागी छन्।तीन दलको शीर्ष बैठकपछि सर्वदलीय बैठक बस्नेछ।

सबै दललाई समेटेर सर्वदलीय सरकार गठन गर्न सम्भव नभए पनि मुख्य दलहरुबीच सहमति जुटाएर बहुमतीय सरकार गठन गर्ने गृहकार्यमा दलहरु जुटेका छन्। एमालेले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरिसकेको छ।

कांग्रेस एमालेबीच भएको आठ बुँदे सहमति र चार पक्षबीच भएको १६ बुँदे सहमतिमा संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमति भएकोले स्वभाविक रुपमा आफूले पाउनुपर्ने दाबी एमालेले गरेको छ। यसबारेमा पनि आजको बैठकमा छलफल हुनेछ।

कांग्रेस नेता रामचन्द्र पौडेलले बैठकमा सहमतीय सरकार, अघोषित नाकाबन्दी र तराई मधेसको आन्दोलनबारे छलफल हुने अन्नपूर्ण पोस्टसँग बताए । प्रधानमन्त्री कोइरालाले सोमबार  अपरान्ह  संसद्‍मा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएका छन्।संसद्मा प्रतिनिधित्व गर्ने ३१ दलका नेता तथा प्रतिनिधिहरुलाई बिहान दस बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठकमा आमन्त्रण गरिएको छ।

राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि आव्हान गरेकोले सहमति सरकार गठनबारे छलफल गर्न कोइरालाले सर्वदलीय बैठक बोलाएका हुन्।

बैठकमा कोइराला तथा प्रमुख दलका नेताहरुले  सहमतीय सरकारको आवश्यकता र सान्दर्भिकताबारे स्पष्ट पार्दै सहमतिको राष्ट्रिय सरकार निर्माणमा सहयोगका लागि आग्रह गर्नेछन्। कोइरालाले एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँगको छलफलपछि कोइरालाले बैठक डाकेका हुन्।

सहमतीय सरकार गठनको म्याद असोज २१ गतेसम्म छ। असोज २२ गतेदेखि बहुमतीय आधारमा प्रधानमन्त्री चुन्ने प्रक्रिया प्रारम्भ हुने छ।

भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस

Post a Comment

 
Top