भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक तथा राप्रपा नेपाल अध्यक्ष कमल थापाको समर्थनमा ओलीले उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाओवादी, राप्रपा नेपाल र अन्य सात साना दलहरुको समर्थनमा शनिबार मध्यान्ह ओलीको उम्मेदवारी दर्ता भएको हो ।
शनिबार बिहान बसेको राप्रपा नेपालको पदाधिकारी बैठकले प्रधानमन्त्रीमा ओलीलाई समर्थन गर्ने निर्णय गरेपछि ओलीको पक्षमा बहुमत देखिएको हो ।
आइतबार हुने निर्वाचनमा प्रधानमन्त्रीका लागि ओलीले कांग्रेसका सभापति सुशील कोइरालासँग प्रतिस्पर्धा गर्ने भएका छन् ।
अहिले प्रधानमन्त्री बन्न कम्तिमा २९९ मत चाहिन्छ । यो अवस्थामा एमाले अध्यक्ष अाेलीलार्इ करिब ३२९ सांसद्को समर्थन जुटेको छ ।
ओलीसँग प्रधानमन्त्रीमा उम्मेदवारी दिन लागेका कांग्रेस सभापति सुशील कोइराला संविधानसभाको निर्वाचनपछि एमालेको समर्थनमा अठार महिना अघि प्रधानमन्त्री भएका थिए।
संविधान जारी भएपछि असोज १५ गते संसद्को बैठकलाई सम्बोधन गर्दै पद त्यागको संकेत गरेका थिए। तर राजीनामा दिएका थिएनन्।
अहिले संसद्मा बहाल रहेको कुल सांसद संख्या ५ सय ९७ हो। यसमध्ये मधेस केन्द्रित दलका ३५ सांसद् प्रक्रियामा सहभागी छैनन्। बहुमतीय आधारमा प्रधानमन्त्री बन्नका लागि कम्तीमा २९९ मत चाहिन्छ।
अहिले संसद्मा कांग्रेससँग २०७, एमालेसँग एमालेसग १ सय ८३ र एमाओवादी ८४ सांसद छन। तीन पार्टी मिलेमा दुई तिहाईभन्दा पनि बढी अत्यधिक बहुमतको सरकार बन्छ। एमालेले कांग्रेसले साथ नदिए एमाओवादीको साथ र अन्य साना दलहरुको सहयोग लिएर सरकार बनाउने कसरतमा जुटेको छ।
एमाले र एमाओवादी दुई पार्टीको संख्या जोड्दा २ सय ६७ हुन्छ। बाँकी ३३ सभासद् साना दलबाट जुटाउने अभियानमा एमाले लागेको छ। ओलीलार्इ राप्रपा नेपाल र राप्रपाले पनि समर्थन गरिसकेका छन् ।
आफूसँग २०७ रहेकोले कांग्रेसलाई भने बहुमत पुर्याउन अझै ९२ जना सांसद् चाहिन्छ। राप्रपा नेपालसँग २५, राष्ट्रिय प्रजातन्त्र पार्टीसँग १२, नेमकिपासँग ४, मालेसँग ५ र नेकपा संयुक्तसँग ३ सभासद् छन्। मधेसवादी दलहरुसँग ३५ सांसद छन्।
यो अवस्थामा अब केपी ओली प्रधानमन्त्री बन्ने करिब पक्का पक्की भएको छ ।
भिडियो हेर्न तलको बिज्ञापन लाइ हटाउनुहोस
![]() |


Post a Comment